Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठबन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु

बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु

बुजुम्बुरा । बुरुन्डी–प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) सीमानजिकै शुक्रबार राति अज्ञात बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको बुरुन्डी सरकारका प्रवक्ताले शनिबार दिउँसो बताएका छन् ।

बुरुन्डी सरकारका महासचिव तथा प्रवक्ता जेरोम नियोन्जिमाले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, पश्चिम बुरुन्डीको बुजुम्बुरा प्रान्तस्थित मुटिम्बुजी जिल्लाको गाटुम्बामा भएको सो आक्रमणमा अधिकांश महिला र बालबालिकालाई निसाना बनाइएको छ । घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू