Wednesday, March 12, 2025
spot_img
Homeअन्तर्राष्ट्रियजापानी विदेशमन्त्री योको नेपाल आउदै

जापानी विदेशमन्त्री योको नेपाल आउदै

काठमाडौँ । जापानकी विदेशमन्त्री खामिखावा योको नेपाल भ्रमणमा आउने भएकी छन् ।

जापानको विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री खामिखावाले आगामी वैशाख २३ काठमाडौँ आइपुग्ने जापानी दूतावासले जनाएको छ । विदेशमन्त्री खामिखावा श्रीलङ्काको भ्रमणपछि नेपाल आउने तालिका रहेको दुताबासले जानकारी दिएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो । 

नेपाल र जापान बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा विदेशमन्त्रीको यो भ्रमण फलदायी हुने अपेक्षा रहेको दुताबासले जनाएको छ ।

नेपालको परराष्ट्र मन्त्रालयले भने अहिलेसम्म विदेशमन्त्री खामिखावाको भ्रमण बारे औपचारिक जानकारी दिएको छैन ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू