Wednesday, March 12, 2025
spot_img
Homeगृहपृष्ठदेशैभरका अशक्त र गरिबको निःशुल्क उपचार गर्ने बालेनको घोषणा

देशैभरका अशक्त र गरिबको निःशुल्क उपचार गर्ने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले देशका जुनसुकै पालिकाका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने भएको छ । मेयर बालेन शाहले सार्वजनिक अपिल गर्दै जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत अशक्त र गरिब नागरिक बिरामी जसको सम्पर्कमा भएपछि खबर गर्ने आग्रह गरेका छन् । ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ काठमाडौं महानगरपालिका का मेयर बालेन शाहले भनेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् ।

त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ । तपाईँको टोल छिमेक वा आफन्तहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’

मेयर शाहले ११८० मा फोन गर्न वा वा, काठमाडौँ महानगर स्वास्थ्य विभागको ‘निःशुल्क उपचार सहजीकरण सेवा’ सम्पर्क गर्न सकिनेसमेत बताएका छन् । उनले यसअघि काठमाडौं महानगरका अशक्त र गरिब नागरिकको निःशुल्क उपचार गर्ने घोषणा गरेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू