Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठउदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति

उदयपुर, १४ वैशाख । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने रु ५० लाख बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घरमा विद्युत् सर्ट भई आगलागी हुँदा उनका छोरा रमेशको घरमा समेत आगो सल्किएको थियो ।

आगलागीबाट घरभित्रको लत्ताकपडा र नगदसहित रु ३० लाख र छोरा रमेशको घरमा रु २० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी र स्थानीयले रौतामाई गाउँपालिकाको दमकल प्रयोग गरेर आगो निभाएका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू