गुल्मी— गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गुल्मीदरबार गाउँपालिका—३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।
दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु हो।
दुर्घटनामा गुल्मीदरबार ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सूर्यवंशी घाइते छन्। उनको पाल्पामा उपचार भइरहेको छ।
बिहीबार राति गुल्मीदरबार बाट बिरवास तर्फ जाँदै गरेको लु३५प ५४८४ नम्बरको मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको हो।