Tuesday, March 18, 2025
spot_img
Homeगृहपृष्ठहेटौँडामा पाहुना लाग्न गएका ललितपुरका श्रेष्ठको मृत्यु

हेटौँडामा पाहुना लाग्न गएका ललितपुरका श्रेष्ठको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-४ ओमभवनस्थित एक घरमा अचेत अवस्थामा फेला परेका पुरुषको बिहीबार साँझ मृत्यु भएको छ ।

बिहीबार केदार शाहीको घरमा पाहुना लाग्न गएका ललितपुर माहालक्ष्मी नगरपालिका-८ का ५१ वर्षीय रमेश श्रेष्ठको मृत्यु भएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा सुतेको कोठामा अचेत अवस्था फेला परेका श्रेष्ठलाई उपाचरका लागि हेटौँडा अस्पतालमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू