Wednesday, December 4, 2024
spot_img
Homeअपराध खबरबुद्धचित्तको रुख काटेको आरोप ४ जना पक्राउ 

बुद्धचित्तको रुख काटेको आरोप ४ जना पक्राउ 

काठमाण्डु, ३ वैशाख– प्रहरीले काभ्रेमा बुद्धचित्तको रुख काटिएको घटनामा चार जनालाई पक्राउ गरेको छ ।

सुरुमा मानबहादुर तामाङलाई पक्राउ गरेको प्रहरीले पछि दुर्गालाल तामाङ, प्रभात तामाङ र श्याम कृष्ण मैनालीलाई पनि पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । उक्त समूहले गत बिहीबार राति विष्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो ।

काभ्रेको रोशी गाउँपालिका–५ सीसाखानीका ठकुरानी तामाङको बुद्धचित्तको रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताए । उनका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो ।

प्रहरीका अनुसार रुखधनी तामाङको रुख कात्न घरका सदस्यहरु घरबाट बाहिर निस्किन नपाउन् भनेर मूल ढोका र आँगनभरी सकेट बम समेत राखिएर रुखलाई तलैबाट काटिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेका छन् । 

बुद्धचित्तको फल बौद्ध धर्मावलम्बीहरुले जप गर्दा प्रयोग गर्ने बहुमूल्य मालाको रुपमा प्रयोग हुने गर्दछ । उक्त रुखको माला उच्च गुणस्तरको भएकाले धेरै व्यासायीहरुबीच ठेक्कामा लिन हानथाप हुने गर्दथ्यो ।

उक्त रुख काभ्रेका सत्यमान लामा र सन्दीप त्रिपाठीलाई वार्षिक तीन करोडमा ठेक्का दिइएपछि ठेक्का नपाउने समूहले रुख काटिदिएको अनुमान छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू