Monday, March 17, 2025
spot_img
Homeगृहपृष्ठथुनुवाको मृत्युपछि धनुषामा प्रदर्शन, प्रहरीले चलाएको गोली लागेर एक जना घाइते

थुनुवाको मृत्युपछि धनुषामा प्रदर्शन, प्रहरीले चलाएको गोली लागेर एक जना घाइते

काठमाडौं— धनुषाको हंसपुर इलाका प्रहरी कार्यालयको हिरासतमा गएराति एक जना थुनुवाको मृत्यु भएको छ । थुनुवा स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।

प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् । आक्रोशित समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढासमेत गरेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउन्ड हवाई फायर गरिएको बताए ।

त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन् । स्थानीय शंकर मण्डल घाइते भएका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू