Monday, March 17, 2025
spot_img
Homeगृहपृष्ठभ्रष्टाचारविरूद्व प्रदर्शनमा उत्रिएका १५ जना मानवअधिकारवादी माइतीघरबाट पक्राउ

भ्रष्टाचारविरूद्व प्रदर्शनमा उत्रिएका १५ जना मानवअधिकारवादी माइतीघरबाट पक्राउ

काठमाडौं, ५ पुस । भ्रष्टाचारविरूद्व काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा प्रदर्शनमा उत्रिएका १५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

एनसेल घोटाला प्रकरणमा विश्वसनीय न्यायिक छानविन आयोग गठन गर्नुपर्ने, प्रकरणमा संलग्न प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री जो कोही भएपनि कारबाही गर्नुपर्ने, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरेका हुन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू