Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठमेलम्चीको पानी ल्याउन ढिलाइ भएको विरोधमा नेविसंघको प्रदर्शन

मेलम्चीको पानी ल्याउन ढिलाइ भएको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघले राजधानीमा मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । बुधवार सो सङ्गठनले मेलम्चीको पानी ल्याउन ढिलाइ भएको विरोधमा प्रदर्शन गरेको हो । 

बानेश्वरको पन्चकुमारी मन्दिरबाट निस्केको विरोध र्याली आइप्लेक्स मल अगाडी पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभालाई नेविसंघका नेताहरूले सम्बोधन गरे ।

विरोध र्यालीमा प्रदर्शनकारीहरुले मेलम्चीको पानीमा भ्रष्टाचार बन्द गर, पानीमा राजनीति बन्द गर, आश्वासन हैन पानी देऊ, मेलम्चीको पानी–हामीले कहिले खाने ? भन्ने लगायतका नारा लेखिएका ब्यानर बोकेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू