करिब ७ वर्ष अगाडि ‘दर्पण छाया २’ निर्देशन गरेका निर्देशक तुलसी घिमेरेले फिल्म ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक गर्ने भएका छन् ।
कार्त्तिकबाट छायांकन सुरु हुने यो चलचित्र निर्देशक घिमिरेको २३ औँ चलचित्र हुनेछ । हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको समेत अभिनय रहन सक्ने यो चलचित्रको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्, भने अन्य कलाकार छनौटको क्रममा छन् ।
घिमिरेले हालै एक पोडकास्टमा अझै दुईवटा चलचित्र बनाउने बताए । उनले २५ वटा चलचित्र निर्देशन गरेपछि वैतरणीका लागि गाई दान गर्नुपर्दैन भन्ने धारणा व्यक्त गर्दै भने,’मेरो २३ वटा चलचित्र पुगिसकेछ । अब दुईवटा पुर्याउने अठोट चाहिँ छ । अझै दुईवटा गरेर २५ पुग्यो भने मलाई आत्मसन्तुष्टि मिल्छ । उनले भने ।
नयाँ वर्षमा रिलिज हुने यो चलचित्र पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा निर्माण हुनेछ। चलचित्र ‘दर्पण छायाँ २’ फ्लप भएपछि चलचित्र निर्माण नगर्ने भनेर बसेका थिए ।