Thursday, December 5, 2024
spot_img
Homeअपराध खबर७ लाख बढीको चाँदीको गहनासहित भारतीय नागरिक पक्राउ

७ लाख बढीको चाँदीको गहनासहित भारतीय नागरिक पक्राउ

७ लाखभन्दा बढीको चाँदी सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको गौर १ मा रहेको भन्सार कार्यालय अगाडिको सडकखण्डमा चेकजाँचका क्रममा प्रहरीले भारतीय नागरिकलाई ७ हजार १ सय ८७ ग्राम चाँदीसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको सितामढी जिल्ला बैरगनिया ८ असोगी निवासी ६२ वर्षिय चन्देश्वर साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बिआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका साहलाई प्रहरीले खानतलाशी गर्दा मोटरसाइकलको ट्याकीं मुनी लुकाएर नेपालतर्फ ल्याउदै गरेको ७ लाख ७७ हजार ९२० रुपैंया बराबरको चाँदी फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक दिलिप घिमिरेले बताए ।

पक्राउ परेका साहलाई चाँदी र मोटरसाइकल सहित आवश्यक कारवाहीका लागी गौर भन्सार कार्यालयमा दाखिला गरेको उपरिक्षक घिमिरेले बताए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू