Thursday, December 5, 2024
spot_img
Homeगृहपृष्ठ३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ

३ सय ८० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं—  चितवन प्रहरीले ३ सय ८० किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका–१ आँपटारीबाट करिब ३ सय ८० किलो लागूऔषध गाँजासहित २ जनालाई मंगलबार बिहान पक्राउ गरेको चितवन प्रहरीले जनाएका छन् । पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँ बस्ने ३० वर्षीय राजपाल छन् ।

 जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले भारतीय  नम्बर प्लेटको ट्रकलाई सुरक्षा जाँच गर्दा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला पारेको हो ।

पक्राउ परेका उनीहरु चालक र सहचालक हुन् । यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू