Home सेयर मार्केट १६ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

१६ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च

0

काठमाडौं । सेयर बजारमा विभिन्न १६ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

हालसम्मकै उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । हाइड्रोपावर सेक्टरका ९ कम्पनीको मूल्यले नयाँ रेकर्ड बनाएका छन् ।

नेपाल स्टक एक्स्चेन्जको तथ्यांकअनुसार मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, बरुण हाइड्रोपावर, रिभर फल्स पावर, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ङादी ग्रुप पावर, अपरहेवाखोला हाइड्रोपावर, सयपत्री हाइड्रोपावर र बाराही हाइड्रोपावरको मूल्य नयाँ उचाइमा पुगेको छ ।

त्यस्तै २ विकास बैंक कम्पनी कर्पोरेट डेभलपमेन्ट बैंक र ग्रीन डेभलपमेन्ट बैंकको मूल्य हालसम्मकै उच्च भएको छ ।

४ लघुवित्त कम्पनी धौलागिरि लघुवित्त, माहुली सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त, मानुषी लघुवित्तको मूल्य हालसम्मकै उच्च भएको छ । फाइनान्स सेक्टरको जानाकीको मूल्य हालसम्मकै उच्च छ ।

Exit mobile version