Friday, March 14, 2025
spot_img
Homeमनोरन्जन१२ औं संस्करणको मानवअधिकार चलचित्र महोत्सवमा 'रेमन्यान्ट्स'ले जित्यो नेपाली पानारोमा अवार्ड

१२ औं संस्करणको मानवअधिकार चलचित्र महोत्सवमा ‘रेमन्यान्ट्स’ले जित्यो नेपाली पानारोमा अवार्ड

१२ औं संस्करणको नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवअन्तर्गत रेमन्यान्ट्सले नेपाली पानारोमा अवार्ड जितेको छ ।

धनराज बार्कोटेले निर्देशन गरेको यो चलचित्रको बिहीबार सम्पन्न महोत्सवमा देवी वृत्तचित्रकी निर्देशक सुविना श्रेष्ठले उत्कृष्ट महिला चलचित्रमेकरको अवार्ड जितिन् । ब्ल्याक रेन इन माई आइजले उत्कृष्ट लुघ वृत्तचित्र अवार्ड जितेको छ । त्यस्तै सर्ट फिक्सनजतर्फ द फस्र्ट फिल्मले अवार्ड जितेको छ ।

अवार्ड विजेताहरुलाई प्रतिनिधिसभा सांसद् ठाकुर गैरे, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, आयोजक नेपाल मानवअधिकार चलचित्र केन्द्रका अध्यक्ष पाण्डव खत्रीलगायतले अवार्ड वितरण गरे ।

फिचर डकुमेन्टी अवार्ड ह्वेर वी युज्ड टु स्लिप वाईले जित्यो । फिचर फिक्सनतर्फको अवार्ड पायल कपाडिया निर्देशित अल वि इम्याजिन एज लाइटले जितेको छ ।

सामुहिक अधिकार नारासहित मंसिर २४ गतेदेखि नेपाल चलचित्र बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा महोत्सव चलेको थियो । महोत्सवका दौरान विभिन्न देशका ५३ फिल्म प्रदर्शन गरियो ।

महोत्सवको सुरुवातमा ‘अल वि इम्याजिन एस लाइट’ र अन्तिम दिन ‘इन द बेली अफ अ टाइगर’ प्रदर्शन गरिएको थियो । कान्स, बर्लिनलगायत विश्वका प्रतिष्ठित फेस्टिभलहरुमा अवार्ड जितिसकेका वृत्तचित्र तथा चलचित्र यस महोत्सवमा प्रदर्शन गरिएको थियो ।

महोत्सवअघि भारतका चर्चित फिल्ममेकर निलोतपल मजुम्दरले चार दिने वर्कसप समेत सञ्चालन गरेका थिए । जसमा नेपाल, बंगलादेश, भारत, पाकिस्तानलगायत देशका युवा फिल्ममेकर सहभागी थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू