Monday, March 17, 2025
spot_img
Homeअपराध खबर१० मिनेटमा पैसा ‘डबल’ गर्ने भन्दै ७ लाख लगेर फरार भएका लामा

१० मिनेटमा पैसा ‘डबल’ गर्ने भन्दै ७ लाख लगेर फरार भएका लामा

काठमाडौं । १० मिनेटमै पैसा ‘डबल’ बनाइदिन्छु भन्दै ७ लाख लिएर फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सांगाचोकगढी नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने २६ वर्षीय कुमार लामा रहेका छन् ।

उनले गत पुस १६ गते दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वलीसँग१० मिनेटभित्रमा पैसा डबल बनाइदिन्छु भन्दै नक्कली पैसाको भिडियो देखाएर विभिन्न प्रलोभनमा पारी निजसँग रहेको सात लाख लिएका थिए ।त्यसपछि फरार भएका उनलाई जिल्ला प्रहरी परिसर, काठमाण्डौँबाट खटिएको प्रहरी टोलीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनको साथबाट ६० हजार नगद र एक थान मोबाइल बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू