Home मनोरन्जन होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै टिकटकर ‘कुल ब्वाइ

होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै टिकटकर ‘कुल ब्वाइ

0

नेपाली फिल्म ‘होस्टेल’ को तेस्रो भागमा चर्चित टिकटकर ‘कुल ब्वाइ’ नामबाट परिचित पारस बम अनुबन्धित भएका छन्। टिकटकर हुँदै ‘भिडियो कन्टेन्ट कृयटर’ को रूपमा चर्चित बमलाई फिल्मको प्रमुख पात्रहरूमध्ये एकको लागि अनुबन्धित गरिएको निर्देशक सशान कँडेलले जानकारी दिए।

होस्टेलमा बसेर अध्ययन गरिरहेका ‘किशोरकिशोरी’ र उनीहरूको भविष्यका घटनाहरूमा आधारित रहेर बन्न लागेको यस फिल्मबाट डेब्यु गर्न लागेका पारस गायक समेत हुन्। उनले ‘कान्छी कता हिँडेको’, ‘बुवाको नाक होस’ लगायतका चर्चित गीत गाइसकेका छन्। चलचित्रको स्क्रिप्टले ‘डिमान्ड’ गरेको पात्र अनुसार बम सबै पक्षबाट उत्तम रहेको कारण अनुबन्ध गरिएको निर्देशक कँडेलले बताए।

होस्टेल रिटर्न्स’बाट स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकारहरूले डेब्यु गरेका थिए।

Exit mobile version