Tuesday, April 1, 2025
Homeगृहपृष्ठहिटर बालेर सुतेका एक बृद्धको निसास्सिएर मृत्यु

हिटर बालेर सुतेका एक बृद्धको निसास्सिएर मृत्यु

काठमाडौं । हिटर बालेर सुतेका एक बृद्धको निसास्सिएर मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाका ८२ वर्षका कर्मा ग्याल्बो लामाको मृत्यु भएको हो । 

हिटर बालेर सुतेका उनी अबेर बिहानसम्म नउठेपछि ढोका खोलेर हेर्दा बेहोस अवस्था फेला परेका थिए । उपचारका लागि अस्पताल लगे पनि कर्मालाई चिकित्सकले मृत घोषित गरेका थिए । सोही कोठामा सुतेकी कर्माकी ८१ वर्षिया श्रीमती असनी लामा पनि बेहोस अवस्थामा फेला परेकी थिइन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू