Home गृहपृष्ठ हामी निलो क्रान्तिमा पसिना बगाउन चाहन्छौँ : लामिछाने

हामी निलो क्रान्तिमा पसिना बगाउन चाहन्छौँ : लामिछाने

0

सिधुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अब एउटा क्रान्तिको आवश्यकता भएको बताएका छन् । आइतबार ‘राष्ट्रव्यापी दबाब अभियान’को मेलम्चीबाट शुभारम्भ गर्दै उनले परिवर्तनका लागि क्रान्ति आवश्यकता भएको बताएका हन् ।

उनले भने, ‘देशमा धेरै आन्दोलन भए, त्यसको सान्दर्भिकतामा प्रश्न गरेको होइन । हरेक युगले आफ्नै किसिमको माग गर्दछ । मात्र हामी अहिलेको मागलाई सम्बोधन गर्दै जनतालाई दुःख दिएर होइन, जनतालाई सुख दिने हेतु, नेताले अग्रसरता लिने किसिमको आन्दोलनको परिकल्पना गर्दैछौं । हाम्रो युगमा क्रान्तिको आवश्यकता छ । परिवर्तनका लागि आन्दोलनहरुको आवश्यकता छ ।’

उनले अवको आन्दोलनको स्वरुप र प्रभावकारीता फरक हुने पनि बताए । सभापति लाकिछानेले हिजोको रातो क्रान्तिमा रगत बगेकाले अब नीलो क्रान्तिमा पसिना बगाउनुपर्ने धारणा राखेका थिए । उनले भने, ‘इतिहासमा रातो क्रान्ति भए । राता क्रान्तिप्रति हामीले अवमूल्य गरेका छैनौँ, गर्दैनौं । हिजोको रातो क्रान्तिमा रगत बग्यो, अब हामीले गर्ने नीलो क्रान्तिमा हामी पसिना बगाउन चाहन्छौ ं। पसिनाले यो माटोलाई सिञ्चने बेला आएको छ ।

उनले जनतालाई अगाडि लगाएर आफू पछाडि बस्ने दिन गएको दाबी गरे । लामिछानेले जनतालाई दुःख दिएर नभई नेताले दुःख गरेर परिवर्तन गर्नुपर्ने धारणा राखे । उनले भने, ‘जनताबाट शक्ति लिएर जनतालाई दबाउने राजनीति अन्त्य हुनुपर्छ । त्यसको शान्त विरोध रास्वपाले गरेको हो । अब जनतालाई दुःख दिन पुग्यौं । केही गर्नुपर्छ भने नेताले नेतृत्व लिएर अगाडि बढ्नुपर्छ ।’

उनले २१ वटा योजनामा दबाब यात्रा सुरु गरेको उल्लेख गर्दै समस्याको ज्ञापनपत्र नभई समाधानसहितको ज्ञापन पत्र बुझाएर जनतालाई जानकारी दिने बताए । ‘हामीसँगै विज्ञ टोली, विज्ञता हासिल गरेका व्यक्तिहरु पनि छन्’ उनले भने, ‘यात्रा सकिएपछि सुझाव पत्र सरकारलाई बुझाउने छौं ।’

Exit mobile version