Monday, March 17, 2025
spot_img
Homeअपराध खबरहत्या गरेको अभियोगमा पक्राउ

हत्या गरेको अभियोगमा पक्राउ

धनुषा, धनुषाधाम नगरपालिका-९ क्वाटर टोल बस्ने लालबाबु कापरकी छोरी १२ वर्षीया ललिता कुमारी कापरको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय प्रेम बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललिताले आफ्नै फुपुको बारीमा फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेम बहादुरले बैशाख २७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय यज्ञभूमिबाट खटिएको प्रहरीले प्रेम बहादुरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू