Tuesday, March 18, 2025
spot_img
Homeस्वास्थ्यस्वास्थ्य शाखा प्रमुख यादवको निधनले देवाही गोनाहीमा शोक बिदा

स्वास्थ्य शाखा प्रमुख यादवको निधनले देवाही गोनाहीमा शोक बिदा

रौतहट, ९ फागुन । देवाही गोनाही नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मनोज कुमार यादवको निधनप्रति शोक मनाउन नगरभित्र बुधबार शोक बिदा दिएको छ । 

देवाही गोनाही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यादवको मंगलवार राति १० बजे हृदयघातका कारण असामयिक निधन भएकोप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले बुधबार शोक बिदा दिएको हो । 


बुधबार नगरपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरु, संघ संस्था, सामुदायिक विद्यालयहरुमा शोक बिदा दिएको निमित्त प्रशासकीय अधिकृत राजदेव रामले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 


‘देवाही गोनाही नगरपालिकाका स्वास्थय शाखा प्रमुख श्री मनोज कुमार यादव ज्युको अल्पआयुमै मिति २०८०÷११÷०८ गते मंगलवार राति १० बजे हृदयघातका कारण आसामयिक निधन भएको प्रति देवाही गोनाही नगरपालिका दुःख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछौँ, विज्ञप्तिमा भनिएको छ, ‘साथै आज मितिः २०८० ÷११÷०९ गते बुधवार नगर प्रमुखको आदेशानुसार यस नगरपालिकाको कार्यालय र मातहतका सबै वडा कार्यालयहरु, संघ संस्था, सामुदायिक विद्यालयहरुमा शोक विदा हुने व्यहोरा सम्बन्धित सवैमा जानकारी गराइन्छ ।’
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू