Home अपराध खबर स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो

स्वर्णलक्ष्मी सहकारी घोटाला : कुमार रम्तेलको बयान सकियो

0

काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष कुमार रम्तेलको बयान सकिएको छ । कारागार कार्यालय कास्कीबाट प्रहरीले उनलाई काठमाडौँमा ल्याएर बयान गराएको हो । ओखलढुङ्गा घर भएका रम्तेल पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलन संलग्न आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।

रम्तेलको बयान पूरा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । उनलाई सोमबार यति एयरको उडान मार्फत पोखरा लगिँदै छ । रम्तेल सूर्यदर्शन सहकारीको पनि कोषाध्यक्ष हुन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा उनी मुछिएका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको छ । ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।

रम्तेल जीबी राईको आर्थिक हेर्ने मुख्य व्यक्ति हुन् । उनी गोरखा मिडिया नेटवर्कमा पनि सेयर होल्डर थिए । स्वर्णलक्ष्मीको रकम अपचलन गरेको आरोपमा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशी विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मीको रकम घोटालामा संलग्न आरोपमा रवि र छवि सहित २१ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

Exit mobile version