मोरङमा ग्रामथान गाउँपालिका-५ स्थित सडकमा प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया हशनी देवी चौधरीको सोमबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको बिराट नर्सिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका स्कुटर चालकको त्यही अस्पतालमा उपचार भइरहेको छ।