Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठसोमवारदेखि रास्वपाको नारायणगढ- बुटवल दबाब यात्रा

सोमवारदेखि रास्वपाको नारायणगढ- बुटवल दबाब यात्रा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबारबाट चितवनको नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा आयोजना गर्ने भएको छ । आइतबार सो पार्टीका सभापति रवि लामिछानेले सोमबारदेखि ३ दिनसम्म दबाब यात्रा आयोजना गर्ने जानकारी दिएका हुन् । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान सोमबार बिहान ९ बजे गैंडाकोट पुल्चोकबाट सुरु हुने जनाइएको छ । 

११३ किलोमिटर दूरी पार गर्ने गरी सुरु भएको सो दबाब अभियानको उद्देश्य पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको स्तरोन्नतीमा भइरहेको बिलम्ब र यात्राका क्रममा नागरिकले खेप्नुपरेको सास्तीबारे सरकारको ध्यानाकर्षण गराउनु रहेको सभापति लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । 

सो यात्रामा रास्वपाका नेता र सांसदहरु समेत सहभागी हुने जनाइएको छ । यात्राका क्रममा सडकको दायाँवायाँ बस्ती छिरेर वा निश्चित ठाउँमा भेला भएर स्थानीयवासीसँग अन्तरक्रिया गर्ने चाहाना हुँदाहुँदै पनि योपटक समय छुट्याउन असमर्थ भएको सभापति लामिछानेले बताएका छन् ।

उनले यात्राका क्रममा बीच बीचमा स्वागत वा अन्य कार्यक्रम नराख्न समेत अनुरोध गरेका छन् । सभापति लामिछानेले भनेका छन्, ‘हाम्रो उद्देश्य सांकेतिक रुपमा सरकारको ध्यानकर्षण गराउनु हो । र, सवारी साधनको आवत जावतमा कुनै अवरोध नहोस् भन्नेमा पनि हामी सचेत छौं ।’ सभापति लामिछानेले दबाब यात्रामा साथ दिन आउने कसैले पनि झन्डा, लोगो, टिसर्ट लगायत पार्टी सम्बद्ध कुनै पनि वस्तु प्रयोग नगरिदिन समेत आग्रह गरेका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू