Friday, March 14, 2025
spot_img
Homeआजको विशेष समाचारसूर्योदशन सहकारी ठगीमा सबै राजनीतिक दल सहभागी, कांग्रेसदेखि रास्वपासम्मका नेताविरुद्ध मुद्दा

सूर्योदशन सहकारी ठगीमा सबै राजनीतिक दल सहभागी, कांग्रेसदेखि रास्वपासम्मका नेताविरुद्ध मुद्दा

पोखराको सूर्योदर्शन सहकारी संस्थाको बचतकर्ताले सहकारीमा बचत गरेको रकम हिनामिना गर्नेहरुमाथी अभियोग पत्र दायर भएर अदालतमा थुनछेक बहस चलिरहेको छ । सूयोदर्शन सहकारीको रकम अपचलनमा गोर्खा मिडिया नेटवर्कका सञ्चालनक गितेन्द्रबाबु राई (जिबी) देखि, पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने, पूर्वडिआईजी छविलाल जोशीसहित ५१ जनाविरुद्ध मुद्धा लगाइएको छ ।

मुद्दा लगाइएका ५१ जनामा नेपालका मूख्य ठूला दलका नेताहरुलाई मूख्य दोषी देखिएका छन् । सूर्योदर्शन सहकारी ठगी प्रकरणमा काँग्रेस, एमाले, माओबादी, रास्पवा लगायतका मूख्य दलका नेताहरु नै दोषी देखिएका हुन् । आउनुहोस् कुनकुन दलका नेताहरु सूर्योदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका छन् चर्चा गरौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने
प्रहरीको छानबिनले सहकारीबाट रविले ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको निष्कर्ष निकालेको छ । रविले बचतकर्तालाई हानि–नोक्सानी र आफू तथा कम्पनीलाई फाइदा हुनेगरी सहकारीको बचतकर्ताको रकम उक्त सहकारीका अध्यक्ष जीबी राई समेतसँग मिलेमतो गरी सहकारीको ऐन, नियम, विनियमविपरीतको कार्य गरेको ठहर छ ।

व्यक्तिगत ऋण एक करोड, स्वीट सेयरका लागि ७५ लाख र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खातामा गएको रकमको सञ्चालकको हैसियतले १ करोड ६२ लाख ६५ हजार रुपैयाँ अपचलन गरेको आरोप रविमाथि लगाइएको छ। छ ।

नेकपा एमालेबाट ढोरपाटनमा निर्वाचित मेयर देवकुमार नेपाली
बचतकर्तालाई विभिन्न प्रलोभन देखाई निजी व्यवसाय र घरजग्गामा लगानी गरी बचत रकमसमेत हिनामिना गरेको आरोप बागलुङ ढोरपाटनका मेयर देवकुमार नेपालीमाथी छ । उनले अपराध गर्दा हिसाबकिताबमा बराबर बनाउन नसकेपछि देवकुमारले सूर्यदर्शन सहकारी छोडी इमेज बचत तथा ऋण सहकारी संस्था खोली आफैं अध्यक्ष भई सञ्चालक समितिमा आफू अनुकूल व्यक्ति राखेका थिए ।

एमाले नेता तथा पूर्वसांसद मीना गुरुङ
गण्डकी प्रदेशसभाकी पूर्वसांसद मीना गुरुङ २०६५ देखि २०६८ सम्म सूर्यदर्शन सहकारीकी सञ्चालक समिति सदस्य थिइन् । उनी रहेको समितिले दुई पटक गरी ५३ लाख ७६ हजार ३०८ रुपैयाँ र २६ लाख ७७ लाख ४०१ रुपैयाँ अपचलन गरेको प्रहरीले निष्कर्ष निकालेको छ ।

युवा संघका नेता शिवबहादुर गुरुङ तथा महेन्द्र भोटे
नेकपा एमाले समर्थित युवा संघ नेपालका केन्द्रीय उपमहासचिव शिवबहादुर गुरुङले सूर्यदर्शन सहकारीबाट १७ करोड ८ लाख ५ हजार २४९ रुपैयाँ दायित्व बहन गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा देखिएको छ । उनले सूर्यदर्शन सहकारीमा २०७३ देखि २०७८ सम्म सञ्चालक समितिको सदस्यको रुपमा काम गरेका थिए । सोही समयमा उनले सहकारीबाट पैसा लगी विभिन्न ठाउँमा घरजग्गा खरिद गरेको प्रतिवेदनमा उल्लेख छ ।

माओवादी केन्द्रका नेता दीपेश पुन
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश माओवादीका युवा नेता तथा अखिल क्रान्तिकारीका महासचिव हुन् । उनले भूपेन्द्र राई तथा जीबी राईसँगको मिलेमतोमा सङ्गठित रूपमा परिचालन गर्न समूह बनाई सहकारीमा सङ्कलन भएको बचत रकम हिनामिना गरेको देखिएको छ ।

उनीमाथी एक करोड १० लाख ७१ हजार १०३ रुपैयाँ व्यक्तिगत रूपमा अपचलन गरेको र एक करोड ३ लाख ३७ हजार ७३९ रुपैयाँ सूयोदर्शन सहकारीबाट स्वर्ण लक्ष्मी बहुउद्देश्यीय सहकारीमा ट्रान्सफर गरेको प्रहरी प्रतिवेदनले देखाएको छ ।

माओवादी केन्द्रबाट लिखु तामाकोशी गाउँपालिका ७ मा निर्वाचित वडाध्यक्ष कैलाश दर्लामी
रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ मा माओवादीबाट निर्वाचित वडाध्यक्ष कैलाशकुमार दर्लामी पनि सहकारी ठगीमा संलग्न भेटिएका छन् । उनले पदको दुरुपयोग गरी जीबी राईको कम्पनीमार्फत सहकारीको बचत रकम अपचलन गरी रकमान्तर गरी आफूले समेत आर्थिक लाभ लिएको भेटिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

उनले २०७८ सालमा सहकारीको उपाध्यक्ष पदबाट राजीनामा दिएको भनिएका उनी त्यसपछि पनि बैठकमा सहभागी भएका थिए ।

कांग्रेस नेता ज्ञानबहादुर बम्जन
ओखलढुंगा घर भई पछिल्लो समय सिन्धुलीमा बसाइ सरेका ज्ञानबहादुर बम्जन नेपाली कांग्रेसका जिल्लास्तरका नेता हुन् । उनीविरुद्ध सूर्यदर्शन सहकारीको पनि अध्यक्ष भएर बचत अपचलनमा संलग्न रहेकाले मुद्दा दायर भएको छ ।

कांग्रेस नेता विशाल तामाङ
सूर्यदर्शन सहकारी मुद्दामा सिन्धुलीका नेपाली कांग्रेसका नेता विशाल तामाङविरुद्ध पनि जीबी राईको संगठित समूहमा रहेर सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । उनले सहकारीको रकम अपचलन गरी कम्पनीको शेयर लिएको, घरजग्गामा लगानी गरेको र जीबी राईको व्यक्तिगत खातामा रकम जम्मा गर्ने गरेको प्रहरी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उनले सूर्यदर्शनसहित सानोपाइला सहकारी सञ्चालनमा ल्याई सहकारीको पैसा गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा अवैध रुपमा २७ लाख ६८ हजार ३३३ र २ करोड ६० लाख ५७ हजार रुपैयाँ जीबी ग्रुप अफ कम्पनीज प्रालिमा लगेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू