Thursday, December 5, 2024
spot_img
Homeअर्थतन्त्रसुन १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

सुन १२ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ सुनचाँदीको कारोबार?

काठमाडौ, ३ माघ । नेपाली बजारमा सुन–चाँदीको भाउ बुधबार पनि घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर १ लाख १८ हजार २०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको माहासंघले जनाएको छ। 


यसअघि, मंगलबार छापावाल सुन १ लाख १९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ निर्धारण भएको छ । 
बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू