Saturday, March 15, 2025
spot_img
Homeअर्थतन्त्रसुन तोलामा १६ सयले बढ्यो

सुन तोलामा १६ सयले बढ्यो

काठमाडौं, पौष २८ । नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले बढेर १ लाख ५५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुनको भाउ १ लाख ५४ हजार १०० रुपैयाँ रहेको थियो । 

यता, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १८ सय ६० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १८ सय ४५ रुपैयाँ कायम रहेको थियो । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू