Tuesday, March 11, 2025
spot_img
Homeअर्थतन्त्रसुनको भाउ ४ दिन देखी स्थिर

सुनको भाउ ४ दिन देखी स्थिर

काठमाडौं, २१ माघ । सुनको भाउ आज पनि स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतवार झै आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भइ स्थिर रहेको छ ।

शुक्रवारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमवार पनि सोही गति लिएको हो ।

तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । 
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू