सुर्खेत, पुस १८ गते । कर्णाली प्रदेश सरकारले ललितपुरको बालकुमारी घटनामा मारिएका दैलेखको महावु गाउँपालिका ६ रानिवनका सुजन रावतका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने भएको छ ।
गत शुक्रवार बालकुमारीमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका सुजनको परिवारलाई राहत स्वरूप उक्त रकम दिने भएको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताउनुभयो ।
बालकुमारी घटनामा मृत्यु भएका सुजन रावतको परिवारलाई २ लाख राहत दिने भएको छ, यस बारे छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय लिनेछ । मुख्यमन्त्री शर्माले भन्नुभयो । यस्तै सुजनको मङ्गलवार दैलेखमा दाहसंस्कार गरिएको छ ।