काठमाडौं । सिन्धुलीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। आज बिहान सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहरेटारमा मन्थलीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बसले बा ५० प ३५४५ नम्बरको मोटरसाइलकललाई ठक्कर दिएको थियो।
ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ। मोटरसाइकल चालक गम्भीर घाइते भएको र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ। दुर्घटना केहीबेरअघि मात्रै भएकाले थप मृतक र घाइतेको परिचयसहित थप विवरण आउन बाँकी नै रहेको प्रहरीले जनाएको छ।