Wednesday, December 4, 2024
spot_img
Homeविविधसिनामंगल घटना : फरेन्सिक विज्ञद्वारा अनुसन्धान सुरु, आफन्त आएपछि शव उठाइने

सिनामंगल घटना : फरेन्सिक विज्ञद्वारा अनुसन्धान सुरु, आफन्त आएपछि शव उठाइने

काठमाडौं । काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा मृत भेटिएका श्रीमान्-श्रीमतीको अनुसन्धान गर्न फरेन्सिक विज्ञसहितको टोली घटनास्थल पुगेको छ ।

अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला, जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली पुगेको थियो । त्यसपछि प्रहरीले फरेन्सिक विज्ञसहितको टोली झिकाएर अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार अहिले फरेन्सिकको टोली घटनास्थल पुगेर काम गरिरहेको छ । त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली घटनास्थल पुगेर काम सुरु गरेको छ ।

सिनामंगलको प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको पाँच तल घर खोटाङको दिक्तेल रुपाकोट नगरपालिका-४ का रामजी कटुवालले भाडामा लिएर होटल चलाएका थिए ।

काँडाघारी बस्ने कटुवालले जन्मभूमि नामको होटल सञ्चालन गरेका थिए । उक्त होटलमा शनिबार साँझ पौन ७ बजेको समयमा एक जोडी पुगेका थिए । होटलको चौथो तलाको १२० नम्बर कोठा बुक गरेर उनीहरु बसे ।

होटलको रजिष्ट्रेशन बुकमा रमेश माझीको नाममा कोठा बुक भएको थियो । सुनसरीको दुहबी घर भएका ३४ वर्षीय रमेश र उनकी २९ वर्षीया श्रीमती शर्मिला होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

‘सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा दुवै जनाको शव भेटिएको छ, अनुसन्धान गरिरहेका छौं’, परिसरका एसपी अधिकारीले भने ।

उनीहरु झुण्डिएको अवस्थामा मृत भेटिएको भन्दै आइतबार बिहान साढे ७ बजेतिर प्रहरीलाई खबर आएको थियो । प्रहरी घटनास्थल गएर अनुसन्धान गर्दा उनीहरू शनिबार मात्रै क्यानडाबाट काठमाडौं फर्केको खुलेको छ ।

एक अनुसन्धान अधिकृतका अनुसार घटनास्थलबाट बरामद भएको पासपोर्टबाट समेत उक्त कुरा पुष्टि हुन्छ । उनीहरू सन् २०२२ मा क्यानडा गएर दुई वर्षपछि शनिबार फर्केको देखिएको छ ।

आफन्त आएपछि मात्रै शव उठाएर पोष्टमार्टमका लागि पठाइने प्रहरीले जनाएको छ । मृतकका एक आफन्त अहिले घटनास्थल पुगेका छन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू