Home अपराध खबर सितापाइला घटना : विवाहेत्तर सम्बन्धले निम्त्याएको प्रहरीको प्रारम्भिक निस्कर्ष

सितापाइला घटना : विवाहेत्तर सम्बन्धले निम्त्याएको प्रहरीको प्रारम्भिक निस्कर्ष

0

सितापाइलामा श्रीमती, छोरी र नातिनीको हत्यापछि राजु घिमिरे भन्ने काजी विकले आत्महत्या गर्नुको मुख्य कारण ‘विवाहेत्तर सम्बन्ध’ रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

काजीले पत्नी ईश्वरी श्रेष्ठ ‘विवाहेत्तर सम्बन्ध’मा रहेको कुरा हत्यापछि रेकर्ड गराएको भिडियोमा बताएमन छन् । १५ वर्षका छोरालाई मोबाइलमा भिडियो खिच्न लगाएर उनले श्रीमतीको बारेमा दुई जना पुरुषसँगको सम्बन्ध बारे खुलाएका छन्।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएर ३८ वर्षीय ईश्वरी श्रेष्ठले २०८० माघमा एकजना पुरुषको विरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्।

प्रहरी वृत्त स्वयम्भुले त्यसबारे अनुसन्धान गरेर रमेश श्रेष्ठलाई पक्राउ गरेको थियो। सितापाइलामा बस्ने श्रेष्ठ सो मुद्दामा ५ लाख धरौटी बुझाएर फागुन २ मा रिहा भएका थिए।

रमेश श्रेष्ठसँगको सम्बन्धबारे मुद्दा परेपछि काजी र ईश्वरीबिच त्यसबारे कुरा हुन छाडेको थियो । तर, मंगलबार राति ‘चितवनको केटा’को विषमा उनीहरुको बिचमा विवाद भएको थियो । १५ वर्षीय छोराले बुबा र आमाको बिचमा ‘विवाद’ भएको अनुसन्धान अधिकृतहरुलाई बताएका छन्।

ईश्वरी श्रेष्ठकी बुहारी जेनी पनि सँगै बस्थिन् । काजी विकसँग ईश्वरीले दोस्रो विवाह गरेकी हुन् । पहिलो श्रीमानतिरका छोरा अनिलकी पत्नी हुन् जेनी । जेनी बिहान ७ बजे काममा निस्केपछि काजीले हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

काजीले हत्या गरेका २ वर्षीया शिवना जेनीकी छोरी हुन्।

Exit mobile version