Tuesday, December 3, 2024
spot_img
Homeराजनीतिसिके राउतलाई सांसद सापकोटाको चुनौती–आरोप प्रमाणित गर्नुस्

सिके राउतलाई सांसद सापकोटाको चुनौती–आरोप प्रमाणित गर्नुस्

काठमाडौं । गोमा लाभ (सापकोटा) जनमत पार्टीकी समानुपातिक सांसद हुन् । पार्टी फुटाउने गतिविधि गरेको आरोपमा उनलाई जनमत पार्टीले सांसद पदबाट हटाउन पटक-पटक प्रयास गरेको छ ।

पार्टीले अनुशासनको कारबाही गरेकाले सभामुखले पनि सूचना टाँस गरेर पदबाट हटाइएको जानकारी दिनुपर्ने माग जनमतको छ । यही मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ मा सभामुख समक्ष निवेदन दिएको थियो । तीनैपटक सभामुखले कारबाहीको निर्णय नगरेपछि चौथोपटक कात्तिक २७ गते पनि जनमतले संसद सचिवालयमा निवेदन दिएको छ ।

तर सांसद सापकोटाले भने यसबारे सार्वजनिक रुपमा आफ्नो धारणा सार्वजनिक गरेकी छैनन् । सांसद सापकोटाले विनाकारण आफूलाई सांसदबाट हटाउने प्रयास गरिएको गुनासो गरिन् । आफूले पार्टीको अहित हुने गरी कुनै पनि काम गरेको भन्दै सापकोटाले आफूलाई हटाउन खोज्नुको कारण नबुझेको बताइन् । यदि आरोप प्रमाणित भए कारबाही भोग्न तयार रहेको पनि उनले बताइन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू