Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठसाम्प्रदायिक विद्वेष फैलाउने संस्कृति मन्त्री कसरी पदमा बस्न मिल्छ ?

साम्प्रदायिक विद्वेष फैलाउने संस्कृति मन्त्री कसरी पदमा बस्न मिल्छ ?

काठमाडौं, ५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् ।

मन्त्री किराँतीको पछिल्लो अभिव्यक्तिले सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने काम गरेको लामिछानेको भनाइ छ ।

लामिछानेले गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्नसमेत गरेका छन् ।

‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ । यस्तो गैर–जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्री ज्यु, गम्भीर ध्यानाकर्षण होस् ।’ लामिछानेले फेसबुकमा लेख्दै भनेका छन् ।

यसअघि आजै राप्रपा नेपालका अध्यक्ष कमल थापाले फेसबुकमा लेख्दै मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गरेका थिए ।

बुधबार एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले क्रिश्चियनलाई नमान्नेहरू देशद्रोही हुन् भनेका थिए । ‘क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने र जेलमा हालिदिने हो’ मन्त्री किराँतीले भनेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू