Wednesday, March 19, 2025
spot_img
Homeअर्थतन्त्रसानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन लाभांश

सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज साधारण सभा, सेयरधनीको लागि छैन लाभांश

काठमाडौं, ११ माघ । सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सको आज बिहिान ११ बजे साधारण सभा बस्दैछ । सभा, आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल काठमाडौंमा बस्दैछ । सभामा कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको जनाएको छ जसकारण सेयरधनीहरुको हात भने खाली रहने छ ।

सभामा २०७८–७९ को नाफा नोक्सान हिसाबकिताब सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, सभाले सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहको तर्फबटा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन गर्नेछ ।

सभा प्रयोजनका लागि यसले पुस २६ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसर्थ, पुस २५ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू