आज बिहान दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको छ। घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिए।
सडकमा गुडिरहेको साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको प्रत्यक्षदर्शीले बताएका छन्।
डीएसपी मल्ल अनुसार मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका- ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारी छन । घोराही उपमहानगरपालिका- १६ सर्रा चोकमा तीव्र गतिको मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको डीएसपी मल्लले बताए।