सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले आफूलाई ठगी आरोप लागेको पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थासँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रासूर्य दर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत, कास्कीमा विचाराधीन छ। यस प्रकरणमा यसअघि गत भदौमा प्रहरीमा उजुरी परेको थियो। सूर्य दर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत, कास्कीमा विचाराधीन छ। यस प्रकरणमा यसअघि गत भदौमा प्रहरीमा उजुरी परेको थियो।
यस विषयमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले बुधबार बिहान सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।
‘जुन सहकारीको बारेमा प्रहरीले सार्वजनिक सूचना आह्वान गरी छानबिन भई अदालतमा मुद्दा चलिरहेको छ, त्यो संस्थाको म न सञ्चालक हु, न म त्यो संस्थाको व्यवस्थापक हु, न म त्यो संस्थाको कर्मचारी
‘जुन सहकारीको बारेमा प्रहरीले सार्वजनिक सूचना आह्वान गरी छानबिन भई अदालतमा मुद्दा चलिरहेको छ, त्यो संस्थाको म न सञ्चालक हु, न म त्यो संस्थाको व्यवस्थापक हु, न म त्यो संस्थाको कर्मचारी
‘जुन सहकारीको बारेमा प्रहरीले सार्वजनिक सूचना आह्वान गरी छानबिन भई अदालतमा मुद्दा चलिरहेको छ, त्यो संस्थाको म न सञ्चालक हुँ, न म त्यो संस्थाको व्यवस्थापक , न म त्यो संस्थाको कर्मचारी हुँ , न म त्यो संस्थाका सम्बन्धितहरूसँग कुनै पेसा व्यवसायमा साझेदारी’ नै हुँ, दीपेशले लेखेका छन्, ‘तैपनि सारा धर्ती–आकाश मैले नै हल्लाएको जसरी नाम र फोटो आउँछ। मेरो नाम र फोटो राखेर मेरो फ्रिमा विज्ञापन भएकोमा म खुसी नै छु। जुन संस्थाबाट मैले ५० लाख लोन लिएको कसरी देखियो त्यो लोनबारेमा नै मैले सम्बन्धित संस्था र निकायसँग बुझेर यदि लिएको प्रमाणित भएको खण्डमा म तिर्न तयार छु भनेर यो भन्दा अगाडि सार्वजनिक रूपमा क्लिर गरेको छु।’
उनले अगाडि लेखेका छन्, बैंक वा सहकारीको ऋणीहरूले ऋण लिएको छ भने त्यो ऋण तिर्ने र यदि नतिरेको खण्डमा उक्त ऋण उठाउन त्यसको आफ्नै प्रक्रिया छ र म त्यो अनुसार ऋणीको रूपमा प्रमाणित भएमा तिर्न तयार नै छु तर जसरी मजस्तै ६/७ ऋणी देखिएको उक्त संस्थामा मलाई नै केन्द्रित गरेर पूरक निवेदनको नाममा निवेदन दिन कसको दबाब, प्रभाव र निर्देशन छ, त्यो पनि म राम्रो जानकार छु।’
यस क्रममा दीपेशले आफू अनुसन्धानमा सघाउन तयार रहेको पनि बताएका छन्।
‘कानुनी राज्यमा कानुनी काम गरेपछि अन्तिम रक्षा र फैसला कानुनी रूपमा नै हुन्छ। मैले मेरोबारेमा उठेका हरेक प्रश्नको जवाफ सप्रमाणसहित सम्बन्धित निकायमा गएर उभिएको छु। निष्पक्ष रूपमा छानबिन होस्, यसको लागि म सम्बन्धित निकायलाई सहयोग गर्न सदैव तयार छु। अति गर्नु तर अत्याचारचाहिँ नगर्नु, मेरो विनम्र आग्रह छ।’