Tuesday, December 3, 2024
spot_img
Homeक्राईम नेपाल विशेषसहकारी छानबिन समिति प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा

सहकारी छानबिन समिति प्रतिवेदनलाई अन्तिम रुप दिने तयारीमा

काठमाडौं, २८ भदौ । सहकारी छानबिन विशेष समितिले अहिलेसम्म सरकारले सहकारी ठगीमा संलग्न भई फरार रहेका व्यक्तिहरुको खोजका सन्दर्भमा गरेको प्रगतिका बारे जानकारी लिएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको सहकारी छानबिन विशेष समिति बैठकले गृहमन्त्री रमेश लेखकलाई आमन्त्रित गरी फरार रहेका व्यक्तिहरुको खोजका बारेमा गरेको प्रगतिबारे जानकारी लिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘खासगरी विदेशमा फरार रहेका जिबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरुको बारेमा सरकारले खोजबिनका सन्दर्भमा के-के प्रगति हासिल गर्‍यो भनेर जानकारी लिएका छौँ । अहिले हामी २५ जनाबाट पनि दुई जना थप गरेका छौँ ।’ साथै, आजकै बैठकले सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिनेगरी छलफललाई व्यवस्थित गर्नेबारे निर्णय भएको पनि जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिने बारेमा महत्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूची, छलफलको योजना, वित्तीय विश्लेषणको जानकारी त्यस उपर छलफल प्रस्तुत, तथ्यांकमा छलफल र प्रस्तुतीकरणको ढाँचा शैलीमा गर्ने छलफललाई व्यवस्थित गर्नेबारे निर्णय गरेका छौँ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू