Thursday, December 5, 2024
spot_img
Homeअपराध खबरसहकारीको ८० लाख लुट्ने दुई पक्राउ

सहकारीको ८० लाख लुट्ने दुई पक्राउ

धनुषा । जनकपुरमा सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । उनीहरुको साथबाट १४ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको धनुषा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार दुवैजनालाई जनकपुरबाट पक्राउ गरिएको हो ।

वैशाख २४ गते करिब बिहान पौने १२ बजेको समयमा जनकपुर उपमहानगर–११ को थुमौनास्थित पोखरी नजिक शुभ श्री बचत तथा ऋण सहकारी संस्था रघुनाथपुरको ८० लाख रुपैयाँ लुटिएको थियो । सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोले जनकपुरको हिमालय बैंकबाट ८० लाख रकम निकालेर लग्दैगरेको अवस्थामा नम्बर प्लेट नखुलेको मोटरसाइकलमा सवार तीन जनाले रकम भएको झोला लुटेर फारार भएका थिए।

घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू