Home उद्योग-वाणिज्य सहकारीको १० अर्ब भन्दाबढी रकम हिनामिना प्रकरणमा महर्जनविरुद्ध रेड नोटिस जारी

सहकारीको १० अर्ब भन्दाबढी रकम हिनामिना प्रकरणमा महर्जनविरुद्ध रेड नोटिस जारी

0

काठमाडौं । ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ । उनीविरुद्ध चार दिनअघि नै रेड नोटिस जारी भएको प्रहरी स्रोतले जानकारी दियो । सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो । महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

सुमेरु सहकारीमा करिब ३५ हजार बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानबाट देखिएको छ । करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो । सोही आधारमा अनुसन्धान भइरहेको र उनी सम्पर्कबाहिर भएकाले रेड नोटिस जारी भएको प्रहरी स्रोतले जानकारी दियो । त्यतिबेलादेखि नै सहकारीका तत्कालीन अध्यक्ष महर्जन भने सम्पर्कविहीन भएका छन् । उनी विदेश पुगेर लुकेको हुनसक्ने प्रहरीको अनुमान छ ।

Exit mobile version