Monday, March 31, 2025
Homeनेपाल प्रहरीसशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट

सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म बिरगंज राजश्व संकलनमा पुनः देशमै उत्कृष्ट

बिरगंजस्थित सशस्त्र प्रहरी प्रस्तावित सीमा सुरक्षा गुल्म राजश्व संकलन ९अवैध सामान बरामद० गर्न मधेश प्रदेश मात्र नभई सिंगो देशमै पुनः उत्कृष्ट भएको छ ।

राजश्व संकलनमा गत आर्थिक बर्षमा देशमै उत्कृष्ट रहेको गुल्म यस आर्थिक वर्षमा पनि प्रमुख डिएसपी सुरज रिजालको सक्रियताले उत्कृष्ट बनेको हो।
वीरगन्ज भन्सार एरियाबाट यस आर्थीक बर्षको साउन देखी मंसिर मसान्तसम्म ५ महिनाको अवधिमा को तस्करीको माध्यमले भित्र्याइएको १० करोड भन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको हो ।

डिएसपी रिजाल अहोरात्र फिल्डमा खटेर त्यत्रो ठूलो परिमाणको तस्करीको माध्यमले भित्र्याएको मालसमान बरामद गर्न सफल भएका हुन् ।
सशस्त्र प्रहरी बल प्रस्तावित भन्सार गुल्मको इतिहासमा डिएसपी रिजालको कमाण्डले सबै भन्दा बढी तस्करीको मालसमान बरामद गरी भन्सार बुझाउन सफल भएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिवासका प्रवक्ता एस एसपी सुर्यसेन ओलीले बताएका छन् ।

यस आर्थिक वर्षको साउन महिनामा २ करोड ६१ लाख ५० हजार ८८२, भदौ महिनामा २ करोड ६१ लाख,१७ हजार,८६८, असोज महिनामा १ करोड ६४ लाख,६३ हजार,६३४, कार्तिक महिनामा,१ करोड ५३ लाख,२१ हजार ,८३५ , र मंसिर महिनामा २ करोड,६ लाख,३३ हजार,५८१ गरी कुल १० करोड ४६ लाख, ८७ हजार,८०० रुपैया बराबरको अबैध सामान बरामद गरी भन्सारमा बुझाएको डिएसपी सुरज रिजालले बताएका छन्।

त्यसैगरी सोही अवधिमा सशस्त्र प्रहरीको टोलीले चेक जाँचको क्रममा साढे ३३ किलो गाँजा, बिभिन्न किसिमका नशालु इन्जेक्सन १६ सय ८ एमपुल,७ हजार ३५६ ट्याबलेट,८४ फाईल झोल औषधी बरामद गरिएको डिएसपी रिजालले बताएका छन्।

उक्त अवधिमा लागूऔषध ओसारपसार, तस्करीमा संलग्न २१ जना मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको सशस्त्र प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

डिएसपी रिजाल वीरगन्ज भन्सार प्रस्तावित गुल्मको इन्चार्जका रूपमा २०८० चैत ७ गते हाजिर भएका थिए । गत आर्थिक बर्षमा हाजिर भएको मात्र तीन महिना २० दिनको अवधिमा ८ करोड ८३ लाख ,३४ हजार ९९३ रुपैयाँ मूल्य बराबरको तस्करीका मालसमान बरामद गरी भन्सारमा बुझाएको थियो।

सशस्त्र प्रहरी बल वीरगन्ज गुल्म यस आर्थिक वर्षको मंसिर मसान्त सम्ममा तस्करीका मालसमान बरामद गरी भन्सार दाखिला गराउन नेपालमै उत्कृष्ट हुनसफल भएको सशस्त्र प्रहरी बल मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू