Monday, March 31, 2025
Homeअदालतसर्वोच्च अदालतले मगायो बेचन झालाई थुनामा पठाउनुको कारण

सर्वोच्च अदालतले मगायो बेचन झालाई थुनामा पठाउनुको कारण

५ पुस, काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा जोडिएका बेचन झालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ ।

धरौटीमा रिहा हुनुपर्नेमा आफूलाई थुनामा राख्नु गलत भएको भन्दै झाले उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको इजलासले उच्च अदालत पाटनबाट ‘कैफियत प्रतिवेदन’ मगाउने आदेश गरेको हो ।

कुनै आरोपितलाई थुनामा राख्न, धरौटीमा छाड्न वा सामान्य तारिखमा रिहा गर्न दिएको आदेशको आधार र कारण खुलाएर तयार पारेको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भनिन्छ ।

अब सर्वोच्च अदालतको संयुक्त इजलासले कैफियत प्रतिवेदनका आधारमा झालाई थुनामा पठाउने आदेशको परिक्षण गर्नेछ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू