काठमाडौं, १८ चैत। समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ।
यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।
उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ।
सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११:३० बजे सुरु हुनेछ।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १९ गते बुक क्लोज गर्ने भएको छ।