Home गृहपृष्ठ सप्तरीमा झडप, मन्त्री र सांसद घाइते

सप्तरीमा झडप, मन्त्री र सांसद घाइते

0

काठमाडौं । सप्तरीमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ । सोमबार कृषि विश्वविद्यालयको शिलान्यासका क्रममा जनमतका कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरीसँगको झडपमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरू सतिश सिंह, रञ्जु खंगसहित केही कार्यकर्ता घाइते भएका छन् । प्रहरी र कार्यक्रम रोक्न आएको समूहबीच सामान्य धकेलाधकेल भएको मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० यज्ञविनोद पोखरेलले बताए ।

Exit mobile version