गुण्डागर्दीमा संलग्न सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन् । बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका लामालाई काठमाडौँ जिल्ला अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । उनलाई डिल्लीबजार कारागारमा पठाइएको छ ।
काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई प्रहरी वृत्त मालिगाउँको टोलीले मंसिर २ मा पक्राउ गरेको थियो । राम कुमार तिवारीको जाहेरीले बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।