फिल्म ‘सतीदेवी’को प्रतियोगीता हुने भएको छ । मंगलबार निर्माण टिमले यो फिल्मको फोटो सार्वजनिक गर्दै ‘ठुङ मार्ने’ प्रतियोगीताको घोषणा गरेको हो ।
भदौको ७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको ‘ठुङ मार्ने’ फोटोमा कलाकारहरु मलिका महत, श्रृजना अधिकारी, सुजीता सिवाकोटीको साथमा तीन बालकलाकारहरु हर्षिका वली, मञ्जिला बानियाँ र समृद्धि सेन्चुरी घरको पीढीमा लस्करै बसेर एक अर्काको ठुङ मारिरहेका छन् ।
यो प्रतियोगीतामा सहभागिता हुनको लागि परिवारका महिला सदस्यले सँगै बसेर ठुङ मार्दै गरेको फोटो खिचेर सामाजिक संजालमा ‘सतीदेवी भदौ ७ गतेबाट प्रदर्शन हुँदैछ’ भनेर क्याप्सन लेख्नुपर्ने छ ।
यो फोटो प्रतियोगीताको घोषणा भदौको ३ गते हुनेछ । फोटो भने साउनको ३१ गतेसम्म पठाइसक्नुपर्ने हुन्छ । त्यसैगरि प्राप्त फोटोहरुमध्ये प्रथम स्थान हासिल गर्नेलाई २० हजार, दोस्रो हुनेलाई १० र तेस्रो हुनेलाई ५ हजार प्रदान गरिनेछ ।
लेखक तथा निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको यो फिल्ममा कुलबहादुर अधिकारी, रमेश वुढाथोकी, श्रृजना अधिकारी, सन्दिपबाबु लोहनी, सन्देश लिम्बु, भोला सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय छ ।