Wednesday, April 2, 2025
Homeआजको विशेष समाचारसंसदीय छानबिन समितिले सहकारी पीडितसँग छलफल गर्ने

संसदीय छानबिन समितिले सहकारी पीडितसँग छलफल गर्ने

सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी पीडितसँग छलफल गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले सहकारी क्षेत्रमा देखिएका समस्या र त्यसबाट भोग्नुपरेको समस्याका बारेमा पीडितहरूसँग छलफल गर्ने निर्णय गरिएको समिति संयोजक सूर्य थापाले जानकारी दिएक छन् ।

मंगलबार समितिले सहकारी विभागका पूर्व रजिष्ट्रारदेखि हालका रजिष्ट्रारसँग सामूहिक छलफल गरेको थियो । छलफलका क्रममा सहकारी कर्जा सूचना केन्द्र नहुनु, बचत र ऋणको सीमा नराख्नुले पनि सहकारी समस्यामा परेको धारणा आएको समिति संयोजक थापाले बताए ।

त्यस्तै ऐन नियमको अभावमा सहकारी क्षेत्रको नियमनमा वेवास्ता गर्दा बचतकर्ताहरूको रकम अपचलन भएको उनीहरूको भनाइ थियो ।

सहकारी पीडितका नाममा गठन गरिएका विभिन्न समितिका संयोजक र प्रतिनिधिमूलक पीडित व्यक्तिहरूसँग बुधबारको बैठकमा छलफल गरिने उनले बताए ।
 

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू