Tuesday, March 11, 2025
spot_img
Homeगृहपृष्ठसंघीय संसद्को महासचिवमा पद्यप्रसाद पाण्डेय नियुक्त

संघीय संसद्को महासचिवमा पद्यप्रसाद पाण्डेय नियुक्त

काठमाडौं । संघीय संसद्को महासचिवमा पद्य प्रसाद पाण्डेय नियुक्त भएका छन्। यसअघि प्रतिनिधि सभाका सचिव रहेका उनलाई संघीय संसद्को महासचिवमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारबाटै लागु हुने गरी नियुक्त गरेका हुन्। सचिव पदबाट दिएको राजीनामा स्वीकृत भएसँगै पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्तिको तयारी भएको छ। संघीय संसद्को नयाँ महासचिवमा पाण्डेको नाम प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले मंसिर २५ गते राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। तर केही प्रक्रिया नमिलेको भन्दै राष्ट्रपतिले झन्डै दुई महिना उनको सिफारिसलाई रोकिदिएका थिए।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू