Thursday, December 5, 2024
spot_img
Homeराशिफलश्रावन ६ गते आईतबारको वैदिक राशिफल । तपाँईको दिन सुभ रहोस् ।

श्रावन ६ गते आईतबारको वैदिक राशिफल । तपाँईको दिन सुभ रहोस् ।

आजमिति २०८१ साल श्रावन ६ गते आईतबार तदअनुसार जुलाई २१ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) दक्षीणयन वर्षा ऋतु शुक्ल पक्षको पुर्णीमा तिथी, उत्तरषाढा नक्षत्र, विष्कुम्भ योग छ । 

आज चन्द्रमा धनु विहान ७ ः ४२ बजेसम्म तत्पश्चात मकर राशिमा अवस्थित छन् , तपाँईको आजको राशिफल यसप्रकार रहनेछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

आज समय शुभ छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ । समय शुभ छ उपयोग गर्नुहोला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय शुभ छ । काममा सफलता मिल्नेछ । साथिभाईसँग सम्बन्ध सुमधुर बनाउनुहोला । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ  । खुशि मिल्नसक्ने समय छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

लागि आज समय ठीकै छ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला । लोनबाट बच्नुहोस् । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय राम्रो छ । आम्दानी बढ्नसक्छ ।  सन्तानबाट सुख प्राप्त हुनसक्छ ।  पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय ठिकै छ  । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला । स्वास्थ्यमा ध्यान दिनुहोला । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय राम्रो छ । भाग्य तपाँईको पक्षमा छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा विवादबाट बच्नुहोस् । सफलता हुनेछ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय राम्रो छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा सुधार हुने देखिन्छ  । आजको दिन राम्रो छ ।  विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।  मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय मध्यम छ । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

 आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय राम्रो छ ।  प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ । काममा सफलता हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय मध्यम छ  । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय ठिक छ । हिम्मत, आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । 

पुनश्च ः राशिफलमा जेजस्तो बताएतापनि चन्द्र राशि भनेको तपाँईको जन्म समयमा चन्द्रमा बसेको राशीको आधारमा हालका चन्द्र ग्रहगोचरले पार्नसक्ने प्रभावलाई वताईएको हो । जन्मकुण्डलीमा भाव तथा अन्य ग्रहहरुको प्रभावले गर्दा तपाँईको कुण्डली अनुसार मेल नखान पनि सक्छ । यसर्थ आफुले गर्ने नियमीत कार्यलार्य राशिफलको आधारमा प्रभाव नपर्ने गरि हिम्मतका साथ गर्न नछोड्नुहोला तपाँईको दिन शुभ रहोस् । 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का हुन् । सल्लाह सुझाव तथा परामर्शको लागि ९८५१२१४३९९ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू