Thursday, March 13, 2025
spot_img
Homeमनोरन्जनशाहरूख जब स्टार थिएनन, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्याैंः मनिषा काेइराला

शाहरूख जब स्टार थिएनन, उनको फ्लाटमा चट्टाइमा घन्टौं गफिन्थ्याैंः मनिषा काेइराला

मनिषा कोइरालाले ९० को दशकमा फिल्मी पर्दामा हलचल मच्चाएकी थिइन्, उनको आकर्षण आज पनि उत्तिकै कायमै छ । 

हालैको एक अन्तर्वार्तामा मनिषा कोइरालाले शाहरुख खान र आफ्नो सुरुवाती दिनको बारेमा खुलेर कुरा गरेकी छिन् । मनिषाले भनिन्, ‘जब शाहरुख स्टार बनेका थिएनन् र माउन्ट मेरी अपार्टमेन्टमा बस्थे, त्यो बेला कस्तो वातावरण थियो त ?’ उनले सो कुरा बताएकी छिन् ।

मनिषा कोइरालाले सन् १९९८ मा शाहरुखसँग फिल्म ‘दिल से’ मा काम गरेकी थिइन् । शाहरुखसँगको आफ्नो सम्बन्धबारे ‘पिंकभिल्ला’सँग कुरा गर्दै मनिषाले दुवै जना फिल्ममा नयाँ हुँदाको बखतमा आफूले उनीसँग पहिलोपटक भेट भएको बताइन् । मनिषाका अनुसार उनी शाहरुख र गौरीसँग मात्रै ह्याङ्ग आउट गर्थिन्, शाहरुख त्यतिबेला माउन्ट मेरी अपार्टमेन्टमा बस्न गर्दथे।

मनिषा कोइरालाले भनिन्, ‘शाहरुख मेरो फिल्म करिअरको सुरूवाती देखिको साथी हुन् । मेरो सबै सामान लिएर उनको माउन्ट मेरी अपार्टमेन्टमा गएको याद छ, उनको फ्ल्याटको भुइँमा चटाई बिछ्याइएको थियो । हामी सबै त्यसमा बसेर गफ गर्थ्यौं ।’  मनिषाले यो पनि बताइन् कि शाहरुख नै पहिलो ब्यक्ति थिए, जसले मनिषालाइ आफ्नै घर किन्न सल्लाह दिएका थिए। अभिनेत्रीका अनुसार उनलाई यो सल्लाह दिने पहिलो व्यक्ति शाहरुख हुन ।

प्रोफेशनल फ्रन्टको कुरा गर्दा मनिषा कोइराला सन् २०२४ मा सञ्जय लीला भन्सालीको सिरिज ‘हिरामाण्डीः द डायमण्ड बजार’ मा देखिएकी थिइन् । अब उनी यसको दोस्रो सिजनमा पनि देखिने छिन्, जसको छायांकन छिट्टै सुरु हुँदैछ । शाहरुख खान भने अभिषेक बच्चनसँगै छोरी सुहानाको मुख्य भूमिका रहेको ‘किंग’मा व्यस्त रहेका छन् । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू